Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । प्योङयाङ भ्रमणको अवसरमा दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले उत्तर कोरिया र अमेरिकाबीच अवरुद्ध परमाणु अस्त्र निश्शस्त्रीकरणको विषयमा छलफल गर्ने बताइएको छ। यसै वर्षको सुरुमा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा ऐतिहासिक शिखर वार्ता सम्भव तुल्याउन प्रभावशाली भूमिका खेलेका मून जे-इनले प्योङयाङमा उत्तर कोरियाली नेता किम जङ-अनसँग दुई चरणको वार्ता गर्ने कार्यक्रम छ।

वासिङ्टनले उत्तर कोरियाले पूर्ण रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण गर्नका लागि दबाब दिइरहेको छ। उत्तर कोरियाले चाहिँ त्योभन्दा पहिले सन् १९५० को दशकमा चर्किएको कोरियाली युद्ध सकिएको औपचारिक घोषणा हुनु पर्ने अडान राखिरहेको छ।

प्योङयाङ भ्रमण सुरु गरेको मून जे-इनको टोलीमा हन्डेइ र सामसुङ कम्पनीका प्रतिनिधिलगायतका दक्षिण कोरियाली व्यापारीहरू समेत सहभागी छन्। तीन दिने भ्रमणका लागि मङ्गलबार प्योङयाङ पुगेका राष्ट्रपति मून जे-इन र उनकी श्रीमती किम जङ-सुकलाई विमानस्थलमा उत्तरका नेता किम र उनकी श्रीमती रि सोल-जुले स्वागत गरेका थिए।

यो दक्षिण कोरियाली नेताको गत एक दशकमा भएको पहिलो प्योङयाङ भ्रमण हो। दुई नेताबीच गत एप्रिल महिनामा दुई कोरियाबीचको सिमानामा पहिलो भेट भएको थियो। त्यसपछि अहिले यो उनीहरूको तेस्रो भेट हो।

सन् १९५३ मा दुई कोरियाबीच हतियार बिसाउने सहमति भएपनि औपचारिक रूपमा शान्ति सन्धि भएको छैन। दुई नेताबीच कोरियाली प्रायद्वीपमा “परमाणु अस्त्र निश्शस्त्रीकरणका व्यवहारिक उपायहरूबारे” छलफल हुने अपेक्षा गरिको छ। तथापि त्यसबारे स्पष्ट जानकारी दिइको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.