Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । अमेरिकाले चीनसँगको व्यापार युद्धलाई झनै चर्काउने संकेत दिँदै २०० अर्ब अमेरिकी डलर बराबरको चिनियाँ सामानमा कर लगाउने घोषणा गरेको छ। अहिले सम्मकै सबैभन्दा धेरै भनिएको अमेरिकी कर करिब ५ हजार सामानमा लागु हुने बताइएको छ। यसअघि चीनले अमेरिकी करको बदला लिने चेतावनी दिँदै आएको थियो।

चीनमा उत्पादित हाते झोला, कपडा लगायतका सामानमा अमेरिकाले कर लगाउने घोषणा गरेको छ। तर स्मार्ट वाच र अग्ला कुर्सी जस्ता समानमा कर लगाइएको छैन। अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकाको नयाँ कर नीतिको चीनले प्रतिकार गरे त्यसलाई अझ बढाएर २० प्रतिशत पुर्‍याइदिने चेतावनी दिएका छन्।

पछिल्लो कर अहिले सम्म अमेरिकाले चिनियाँ सामानमा लगाएको कर मध्ये सबै भन्दा धेरै हो। नयाँ कर आउने सातादेखि लागु हुने बताइएको छ।

राष्ट्रपति डोनल्ड ट्रम्पले नयाँ करले “अमेरिकाको कोषमा धेरै पैसा ल्याउने” बताएका छन्। उनले त्यसका अतिरिक्त थप दुई सय साठी अर्ब डलर बराबरका चिनियाँ आयातमा कर लगाउने चेतावनी दिएका छन्। उनले बेइजिङलाई उनले ठान्ने गरेका असमान व्यापारिक अभ्यासहरूलाई बदल्न धेरै मौकाहरू दिइएको बताएका छन्।

ट्रम्पले देशको अर्थतन्त्र जोगाउने काम आफ्नो काँधमा आएको बताएका छन्। पछिल्लो घोषणा सँगै करिब दुई सय पचास अर्ब डलर बराबरका चिनियाँ समानमा अमेरिकी कर लाग्ने भएको छ।

यसअघि अमेरिकी करको बदलामा चीनले ५० अर्ब डलर बराबरको अमेरिकी सामानमा कर लगाइदिएको थियो। त्यतीबेला चीनले अमेरिकाको राजनैतिक प्रभाव क्षेत्र मानिने किसानका उत्पादनलाई निशाना बनाएको थियो। व्यापार युद्ध रोक्न दुई पक्षबीच मे महिनामा वार्ता भए पनि त्यो फलदायी भएन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.