Breaking News.... EverestOnlineKhabar
August 17, 2026

साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि माल्दिभ्स र भारत भिड्दै

Loading

एजेन्सी । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल शनिबार बंगलादेशको ढाकामा हुँदैछ । उपाधिका लागि साबिक विजेता भारत र माल्दिभ्सबिच प्रतिपस्पर्धा हुनेछ ।

ढाकाको बंगबन्धु रंगशालमा हुने खेलमा भारत लगातार उपाधि उचाल्ने लक्ष्य तथा माल्दिभ्स भारतलाई रोक्ने प्रयासमा हुनेछ । माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० तथा भारतले पाकिस्तानलाई ३–१ ले हराउँदै फाइनलमा स्थान बनाएका हुन् ।

भारत र माल्दिभ्सबिच साफमा अरु कुनै टिम भन्दा धेरै पटक भेट भएको छ । यी दुई टोलीबिच साफमा अहिलेसम्म १२ पटक भेट भएकोमा फाइनलमा मात्रै चार पटक भेट भइसकेको छ ।

अहिले यी दुई देश समूह चरणमा एउटै समूहमा थिए । समूह चरणको खेलमा भारतले २–० को जित निकालेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.