![]()
काठमाडौँ । भारतीय अभिनेता ‘गोविन्दा’ काठमाडौं आएका छन । आफनी छोरीकासाथ नेपाल आएका नायक गोविन्दा एल जी फिल्म अवार्डमा सहभागी हुनेछन । उनको नेपाल बसाई ३ दिनको हुनेछ ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएपछि संचारकर्मीमाझ नेपाललाई साहस र प्रेमको धर्ती भन्दै आफूलाई माया गर्ने नेपालीलाई उनले धन्यवाद दिए । उनलाई बिमानस्थलमा नेपाली कलाकार दिनेश डिसी, ऋषि धमला लगायतले स्वागत गरे ।
नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्ने र चन्द्रागिरी हिल्स पुग्ने आफ्नो योजना रहेको उनले जानकारी दिए । गोविन्दाले नेपाल बसाईका क्रममा प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
गोविन्दाकी श्रीमति सुनिता आहुजा नेपाली मुलकी हुन् ।


