Breaking News.... EverestOnlineKhabar
June 26, 2026

निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौं माइतीघरमा बिशाल प्रदर्शन, बोल्दाबोल्दै निर्मलाका आमाबुवा भक्कानिए

Loading

काठमाडौं । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तलाई न्याय दिन माग गर्दै  काठमाडौंमा विशाल प्रदर्शन भएको छ ।  हत्यारालाई पक्राउ गरी सार्वजनिक गर्न माग गर्दै काठमाडौं आएका निर्मलाका आमाबुवासहित हजारौं सर्वसाधारणले माइतीघरमा प्रदर्शन गरेका हुन ।

‘निर्मलाका निम्ति न्याय’ नाम दिइएको प्रदर्शन माइतीघर मण्डलाबाट सुरु भएको हो । प्रदर्शनमा स्वस्फुर्त रुपमा हजारौं सहभागी भएका थिए । निर्मलाका निम्ति न्याय, निर्दोषलाई यातना, दोषीलाई उन्मुक्ति ? लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

‘निर्मलाका निम्ति न्याय’ माग्दै शनिबार देशकमा विभिन्न १९ स्थानमा जनभेला भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.