Breaking News.... EverestOnlineKhabar
August 17, 2026

Loading

एजेन्सी । फ्रान्सेली शीर्ष लिग फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन पेरिस सेन्ट–जर्मेन, पिएसजीले लगातार जितको यात्रा कायम राखेको छ । पिएसजीले लिग अन्तर्गत भएको खेलमा सेन्ट–इटियनमाथि ४–० को शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा पिएसजीलाई जिताउन ड्रेक्सलर, एडिन्सन काभानी, एन्जल डी मारिया र डिएबीले गोल गरेर ।

अघिल्लो खेलमा रातो कार्ड पाएका कारण केलियन एमबाप्पे यो खेलमा मैदानमा थिएनन् भने पिएसजीले स्टार स्ट्राइकर नेइमारलाई आराम दिएको थियो । एमबाप्पे र नेइमार बिना पनि पिएसजीले शानदार जित निकालेको हो ।

यो खेल च्याम्पियन्स लिग फुटबल अन्तर्गत लिभरपुलसँगको खेलको तयारीका रुपमा पनि हेरिएको छ । लिभरपुलको मैदान एनफिल्डमा मंगलबार राति पिएसजीले च्याम्पियन्स लिगमा खेल्दैछ । अर्को खेलमा निसले रेनेसलाई २–१ ले हरायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.