Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

काठमाडौं । साफ च्याम्पियनसिप फुटबलमा अन्तिम चारमा पुगेको माल्दिभ्स र नेपालबीच सातौं पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि भएका ६ खेलमा नेपालले जित निकाल्न सकेको छैन। ६ मध्ये ४ खेलमा माल्दिभ्स विजयी भएको छ। पछिल्ला २ खेल बराबरीमा सकिएका छन्। साफ च्याम्पियनसिपमा माल्दिभ्सबिरुद्ध जितबिहीन नेपालका लागि पहिलो जित निकाल्ने अवसर छ।

नेपाल र माल्दिभ्सबीच समग्रमा साफ च्याम्पियनसिप, साग गेम्स, एएफसीका प्रतियोगिता र अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल गरी कुल १५ प्रतिस्पर्धा भएको छ। जसमा नेपालले ४ खेलमा जित र ४ खेलमा बराबरी खेलेको छ। ७ खेलमा भने नेपाल पराजित भएको छ।

नेपालले माल्दिभ्सलाई सन् १९९९ देखि पराजित गर्न सकेको छैन। नेपालले पछिल्लो पटक सन् १९९९ को साग गेम्सको खेलमा माल्दिभ्सलाई २–१ गोलले हराएको थियो। त्यसपछि नेपालले १९ वर्ष माल्दिभ्सबिरुद्ध जित निकाल्न सकेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed