Breaking News.... EverestOnlineKhabar
August 16, 2026

Loading

काठमाडौं । साफ सुजुकी कप २०१८ अन्तर्गत सेमिफाइनलमा नेपालले बुधबार अपराह्न पौने ४ बजे माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। बंगलादेशको बंगबन्धु राष्ट्रिय रंगशालामा हुने खेलमा माल्दिभ्सलाई पराजित गरेर पहिलो पटक फाइनल पुग्ने लक्ष्यमा नेपाल छ । जारी प्रतियोगितामा ३ खेलमा ७ गोल गरेको नेपालका लागि इतिहास रच्नुपर्ने अवस्था छ।

नेपालका प्रशिक्षक बालगोपाल महर्जन पनि इतिहास बनाउन खेल्ने बताउँछन्।  प्रिम्याच पत्रकार सम्मेलनमा महर्जनले भने,’माल्दिभ्सबिरुद्ध हुने सेमिफाइनलमा हामी नेपाली फुटबलका लागि ऐतिहासिक नतिजा निकाल्न सक्छौं।’

यता माल्दिभ्सका प्रशिक्षक पेटर सेगर्टले इतिहासले खेललाई कुनै फरक नपर्ने बताए। उनले नेपालबिरुद्ध जितका लागि खेल्ने बताए। ‘दुई टिम भएका यसअघिका खेलमा कस्तो नतिजा आयो भन्ने मलाई मतलब छैन। हामी जितका लागि खेल्न मैदान उत्रनेछौं,’ उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.