Breaking News.... EverestOnlineKhabar
October 2, 2026

Loading

एजेन्सी । बिहेपछि २०१५ मा ऐश्वर्याले सञ्जय गुप्ताको फिल्म ‘जज्बा’ बाट कमब्याक गरेकी थिइन् । यो फिल्मले बक्स अफिसमा कुनै चमत्कार गर्न सकेन । त्यसपछि उनले उमंग कुमारको फिल्म ‘सर्बजित’ मा अभिनय गरिन् । यो फिल्म  हलमा पत्तासाफ भयो ।

हालै ऐश्वर्या अभिनित फिल्म ‘फन्ने खान’ प्रदर्शनमा आयो । यो फिल्मबाट उनले निकै आशा गरेकी थिइन् । फिल्ममा उनले एक गायिकाको भूमिका निर्वाह गरेकी थिइन् । तर, फिल्म बक्स अफिसमा नराम्ररी पछारियो ।

लगातार फिल्महरु फ्लप हुँदै जाँदा ऐश्वर्याको करिअरमा प्रश्नचिन्ह उठ्न थालेको छ । धेरैले आमा बनिसकेपछि उनको क्रेज समाप्त भएको विश्लेषण गरिरहेका छन् । कतिले चाहिँ ऐश्वर्याले सही फिल्म र सही भूमिका छनोट गर्न चुकेको बताएका छन् ।

यसैबीच ऐश्वर्यालाई अर्को झट्का लागेको छ । उनी एउटा प्रोजेक्टबाट निकालिएकी छिन् । ‘ओ कौन थी’ नामक फिल्म उनले केही समयअगाडि नै साइन गरेकी थिइन् । तर, उनका फिल्म लगातार फ्लप भएपछि निर्माताले ऐश्वर्यालाई हटाएका छन् । उनको ठाउँमा बिपाशा बशुलाई लिइएको छ ।

ऐश्वर्याले अब आफ्ना श्रीमान अभिषेकसँग ‘गुलाब जामुन’ मा अभिनय गर्दैछिन् । तर, यो फिल्मले पनि कुनै कमाल भने गर्नेवाला छैन । किनभने उनका श्रीमान अभिषेकको दर्शकहरुमा कुनै क्रेज बाँकी छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed