![]()
एजेन्सी । युएईएफए नेसन्स लिग फुटबलमा फ्रान्सले नेदरल्यान्ड्समाथि संघर्षपूर्ण जित निकालेको छ । फ्रान्सका लागि युवा खेलाडी किलियन एमबाप्पे र ओलिभर जेरुडको गोल गरेका थिए ।
विश्व विजेता फ्रान्सले नेदरल्याण्डलाई २—१ गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन युवा खेलाडी किलियन एमबाप्पे र ओलिभर जेरुडले एक—एक गोल गरे ।
किलियन एमबाप्पेले खेलको १४ औं मिनेटमा गोल गर्दै फ्रान्सलाइै अग्रता दिलाएका थिए । शूरुवाती अग्रता लिएको फ्रान्सविरुद्ध नेदरल्याण्ड्सका रायन बाबेलले ६७ औं मिनेटमा गोल फर्काएका थिए ।तर, फ्रान्सका लागि जेरुडले गरेको ७४ औं मिनेटको गोल फ्रान्सको जितका लागि निर्णायक बनेको थियो ।
खेलअघि फ्रान्सले रंगशालामा विश्वकप ट्रफी प्रदर्शन गरेको थियो । रसियामा भएको विश्वकप फुटबलको फाइनलमा क्रोएसियालाई पराजित गर्दै फ्रान्स विश्वकप विजेता बनेको थियो ।
जितसँगै फ्रान्सले २ खेलबाट ४ अंक जोडेको छ । पहिलो खेलमा फ्रान्स जर्मनीसँग बराबरीमा रोकिएको थियो । त्यस्तै, नेदरल्याण्ड्सले कमजोर सुरुआत गरेको छ ।


