![]()
एजेन्सी । खेलको नियम तोडेकोमा अमेरिकी टेनिस स्टार सेरेना विलियम्सलाई १७ हजार अमेरिकी डलर जरिवाना तिराइएको छ । युएस ओपन टेनिसको फाइनलको क्रममा सेरेनाले अम्पायरलाई ढाँट र चोर भन्नुका साथै अरु नियमहरु तोडेकी थिइन् ।
सेरेनालाई हराउँदै जापानकी २० वर्षे नाओमी ओसाकाले उपाधि जितेकी थिइन् ।सेरेनाले खेलपछि आफूले कोर्टमा महिला भएकै आधारमा फरक व्यवहार सहनु परेको पनि बताएकी थिइन् ।
अमेरिकाको टेनिस एसोसिएसन, युएसटिएले नियम उल्लंघन गरेकोमा सेरेनालाई जरिवाना तिराएको हो ।


