![]()
बीबीसी । युइएफए नेसन्स लिग फुटबलमा स्वीजरल्याण्डले आइसल्याण्डलाई फराकिलो अन्तरले पराजित गरेको छ । स्वीजरल्याण्डले आइसल्याण्डविरुद्ध ६–० को जित निकालेको हो ।
स्वीजरल्याण्डको जितमा जुबर, जाकिरा, साकिरि, अजिति, सेफरोभिक र मेहमेदीले १–१ गोल गरे ।
फराकिलो जित निकाल्ने क्रममा स्वीजरल्याण्डले खेलको १३ औ मिनेटमा अग्रता बनाएको थियो । त्यसपछि २३ मिनेटमा अर्को गोल थपेको स्वीजरल्याण्डले दोस्रो हाफमा ४ गोल गरेको थियो । आइसल्याण्डविरुद्ध एक गोलसँगै साकिरिले स्वीजरल्याण्डको राष्ट्रिय टिमका लागि गोलसंख्या २२ गोल पुयाएका छन् ।


