Breaking News.... EverestOnlineKhabar
August 17, 2026

सोनाक्षीको करिअर ओरालो, ‘ह्याप्पी फिर भाग जायगी’ फ्लप

Loading

एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको करिअर ओरालो लाग्न थालेको छ । उनका पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै फ्लप भइरहेका छन् ।

पछिल्लो फिल्म ‘ह्याप्पी फिर भाग जायगी’ बाट सोनाक्षीले धेरै आशा गरेकी थिइन् । तर, बक्स अफिसमा यो फिल्मले निराशाजनक व्यापार गर्‍यो । फिल्म फ्लप हुँदा सबैभन्दा ठूलो असर सोनाक्षीलाई पर्ने छ किनकि फिल्ममा उनी मुख्य भूमिकामा थिइन् ।

‘ह्याप्पी भाग जाएगी’ को सिक्वेलका रुपमा बनेको ‘ह्याप्पी फिर भाग जायगी’ को लागत २५ करोड रुपैयाँ छ । जबकि फिल्मले पहिलो हप्तामा १८ करोड भारु मात्रै कमायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.