Breaking News.... EverestOnlineKhabar
October 2, 2026

नयाँ देवानी र फौजदारी संहिता सुधार हुनु पर्ने : देउवा

Loading

चितवन । कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकी ऐनलाई हटाएर नयाँ कानुन बनाउने विषयमा सबै पक्ष जानकार भएको बताएका छन् ।

नेपाल प्रेस युनियन चितवन शाखाले सोमबार बिहान भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले नयाँ सहिता आउने बारे सरोकारवाला सबैलाई पहिल्यै जानकारी रहेको बताए। भदौ १ गतेदेखि नयाँ देवानी संहिता र फौजदारी संहिता लागु भएको छ। उक्त कानुन एक वर्षअघि नै पारित भएको थियो।

नयाँ फौजदारी संहिताले आफूहरुलाई अपराधी सरह बनाउने भन्दै चिकित्सकहरु कडा आन्दोलनमा उत्रिएका छन्। पत्रकारका संघ संस्था पनि विरोधमा छन्। सभापति देउवाले यो विषय जनभावना र जनताको आवाज अनुसार सुधार हुनु पर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed