![]()
एजेन्सी । बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको करिअर ओरालो लाग्न थालेको छ । उनका पछिल्ला चलचित्रहरु एकपछि अर्को गर्दै फ्लप भइरहेका छन् ।
पछिल्लो फिल्म ‘ह्याप्पी फिर भाग जायगी’ बाट सोनाक्षीले धेरै आशा गरेकी थिइन् । तर, बक्स अफिसमा यो फिल्मले निराशाजनक व्यापार गर्यो । फिल्म फ्लप हुँदा सबैभन्दा ठूलो असर सोनाक्षीलाई पर्ने छ किनकि फिल्ममा उनी मुख्य भूमिकामा थिइन् ।
‘ह्याप्पी भाग जाएगी’ को सिक्वेलका रुपमा बनेको ‘ह्याप्पी फिर भाग जायगी’ को लागत २५ करोड रुपैयाँ छ । जबकि फिल्मले पहिलो हप्तामा १८ करोड भारु मात्रै कमायो ।


