![]()
एजेन्सी । चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीन इन्टरनेट प्रयोगकर्ताको हिसाबले पनि विश्वको सबैभन्दा ठूलो देशको रुपमा रहेको छ । पछिल्लो समयमा चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको र यसले प्रविधि कम्पनीहरुलाई वृहत बजारको अवसर प्रदान गर्नुका साथै सरकारलाई आफ्ना नागरिकहरुमाथि निगरानीको पहुँच बढाएको विश्लेषकहरुले जनाएका छन् ।
सन् २०१८ को पहिलो ६ महिनामै चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोडले बढेको छ । योसँगै चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड २० लाख पुगेको छ । अहिले ५७ दशमलब ७ प्रतिशत चिनियाँ इन्टरनेटको पहुँचमा पुगेका छन् ।
चीनको सरकारी चाइना इन्टरनेट नेटवर्क इन्फरमेसन सेन्टरले सार्वजनिक गरेको तथ्यांक अनुसार तीमध्ये केवल १ दशमलब ७ प्रतिशतले मोबाइल फोनमार्फत इन्टनरेट प्रयोग गर्ने गरेका छन् ।


