Breaking News.... EverestOnlineKhabar
September 30, 2026

भारत-इंग्ल्यान्डबीच बिहीबारबाट चौथो टेष्ट, जितको लागि भारत दबाबमा

Loading

एजेन्सी । भारत-इंग्ल्यान्डबीच बिहीबारबाट चौथो टेष्ट सुरु भएको छ । पाँच खेलको टेस्ट सिरिजमा इंग्ल्यान्ड २-१ ले अघि रहेको छ। भारतलाई सिरिजमा फर्कन जित्नै पर्ने दबाब छ।

इंग्ल्यान्ड भने अन्तिम टेस्ट अगावै सिरिज कब्जा गर्ने ध्याउनमा रहेको छ। यदि इंग्ल्यान्डले यो सिरिज जितेमा भारतविरुद्ध इंग्ल्यान्डले लगातार तेस्रो पटक सिरिज जित्ने छ। यसअघि महेन्द्र सिंह धोनीको कप्तानीमा भारतले २०११ र २०१४ को टेस्ट हारेको थियो।

भारतीय कप्तान विराट कोहलीका लागि भने चौँथो टेस्ट आफ्नो करिअरमा अर्को महत्वपूर्ण अध्यायका रूपमा रहने छ। कोहलीले ६ रन पूरा गर्दा टेस्ट क्रिकेटमा ६ हजार रन पूरा गर्नै कीर्तिमान बनाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed