Breaking News.... EverestOnlineKhabar
August 13, 2026

Loading

एजेन्सी । चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड नाघेको छ । विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश चीन इन्टरनेट प्रयोगकर्ताको हिसाबले पनि विश्वको सबैभन्दा ठूलो देशको रुपमा रहेको छ । पछिल्लो समयमा चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या तीव्र गतिमा बढिरहेको र यसले प्रविधि कम्पनीहरुलाई वृहत बजारको अवसर प्रदान गर्नुका साथै सरकारलाई आफ्ना नागरिकहरुमाथि निगरानीको पहुँच बढाएको विश्लेषकहरुले जनाएका छन् ।

सन् २०१८ को पहिलो ६ महिनामै चीनमा इन्टरनेट प्रयोगकर्ताको संख्या ३ करोडले बढेको छ । योसँगै चिनियाँ इन्टरनेट प्रयोगकर्ताको संख्या ८० करोड २० लाख पुगेको छ । अहिले ५७ दशमलब ७ प्रतिशत चिनियाँ इन्टरनेटको पहुँचमा पुगेका छन् ।

चीनको सरकारी चाइना इन्टरनेट नेटवर्क इन्फरमेसन सेन्टरले  सार्वजनिक गरेको तथ्यांक अनुसार तीमध्ये केवल १ दशमलब ७ प्रतिशतले मोबाइल फोनमार्फत इन्टनरेट प्रयोग गर्ने गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed