Breaking News.... EverestOnlineKhabar
August 14, 2026

नेपाल युएइसंग ७८ रनले पराजित, एशिया कप खेल्ने सम्भावना कमजोर

Loading

काठमाडौं। एसिया कप खेल्ने नेपालको सम्भावना क्षीण भएको छ। छनोटका दुई खेलमा लगातार पराजित भएपछि नेपालको सम्भावना लगभग सकिएको हो।  नेपाल यूएइसँग ७८ रनले पराजित भएसंगै एशिया कप खेल्ने सम्भावना पनि लगभग सकिएको हो ।

बिहीबारको खेलमा टस जितेर बलिङ रोजेको नेपालले २ सय ५५ रनको लक्ष्य पाएको थियो। तर, नेपाल १ सय ७६ रनमै अलआउट हुन पुग्याे।ओपनर सुवास खकुरेलले नेपाललाई सर्वाधिक ५० रनको योगदान दिए। ओपनर ज्ञानेन्द्र मल्ल पहिलो ओभरमै ४ रन बनाएर आउट भएका थिए। कप्तान पारस खडकाले १६, सागर पुनले ३, दीपेन्द्रसिंह ऐरी ४०, आरिस सेफ ३, करण केसी ०, रोहित पौडेल ९ रनको योगदान दिए।

यूएइले ९ विकेट गुमाएर २ सय ५४ रन बनाएको  थियो। यूएईका लागि ओपनर चिराग सुरीले सर्वाधिक ६१ रन बनाए। त्यस्तै अन्नान मुफ्तीले नटआउट ५७ रन बनाए।

टस जितेर नेपालले बलिङ रोजेको खेलमा सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। १० ओभरमा उनले २४ रन दिएर ४ विकेट लिएका हुन्। उनले २ ओभर मेडन बलिङ गरेका थिए।

करण केसी महंगा बलर साबित भए। उनले ८ ओभरमा ६१ रन दिँदा कुनै विकेट लिन सकेनन्। सोमपाल कामीले १० ओभरमा २ विकेट लिएर ५८ रन दिए।  बसन्त रेग्मीले १० ओभरमा २ विकेट लिएर ४९ रन दिए। त्यस्तै, कप्तान पारस खड्काले  ६ ओभरमा ३३ रन दिंदा विकेट लिन सकेनन्। ६ ओभर बलिङ गरेका दीपेन्द्रसिंह ऐरीले २६ रन दिएका थिए।

अब एसिया कप छनोटका  लागि नेपाल अन्य देशको खेलमा भर पर्नुपर्ने हुन्छ। अबको अवस्थामा प्रतियोगितामा बाँकी तीनै वटा खेल खेलेर नेपाल दोस्रो भयो भने फाइनलमा समेत जितेर एसिया कपमा पुग्न सक्छ। तर, नेपालको रनरेट समेत निकै कमजोर भएकाले प्राविधिक रुपमा पनि नेपाल कमजोर छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed