Breaking News.... EverestOnlineKhabar
August 12, 2026

Loading

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनका लागि नेपाल भ्रमणमा रहेका विम्स्टेक सदस्य राष्ट्रका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा स्वागत गरेकी छन्।

सबै सदस्य मुलुकका विशिष्ट पाहुनाहरु राष्ट्रपति विद्यादेवी भण्डारीसँग संयुक्त भेटवार्ताका लागि राष्ट्रपति भवन शीतल निवास गएका हुन्। उनीहरुको सम्मानामा राष्ट्रपति भण्डारीले दिवा भोज आयोजना गरेकी हुन्। सो भेटवार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च पदस्थ अधिकारीहरु सहभागी छन्।

सम्मेलनमा सहभागी हुन् श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेना, म्यानमारका राष्ट्रपति विन मिन्ट, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, थाइल्याण्डका प्रधानमन्त्री चा ओन चा र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवंम प्रधान न्यायाधीश दसो छिरिङ वाङचुक नेपाल आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed