Breaking News.... EverestOnlineKhabar
June 27, 2026

एसियाडमा प्याराग्लाइडिङतर्फ नेपाललाई ऐतिहासिक ‘रजत पदक’

Loading

काठमाडौं। नेपालले इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुदमा पहिलो पदक जितेको छ। प्याराग्लाइडिङले नेपाललाई रजत पदक दिलाएको हो। प्याराग्लाइडिङको पुरुष टिम क्रस कन्ट्रीमा नेपाल दोस्रो भएको हो। जापानले स्वर्ण जित्यो।

नेपाली टोलीमा ३४ वर्षीय विमल अधिकारी, २६ वर्षीय  विजय गौतम,  २९ वर्षीय सुशील गुरुङ, १७ वर्षीय युकेश गुरुङ र  २६ वर्षीय विशाल थापा थिए। एसियाडमा पहिलोपटक प्याराग्लाइडिङ समावेश गरिएको हो।

यसअघि सन् १९८६ मा दक्षिण कोरियामा आयोजित १० औं एसियाडमा तेक्वान्दोलाई पहिलोपटक समावेश गर्दा नेपालले चारवटा पदक जितेको थियो। नेपालले त्यतिबेला एसियाडमा पहिलोपटक पदक जितेको थियो। त्यसयता नेपालले एसियाडका हरेक संस्करणमा कम्तीमा एउटा पदक जितेको छ। सन् १९५१ देखि एसियाड खेल्न थालेको नेपालले हालसम्म यो महादेशीय खेलकुदमा २२ कास्य र दुई रजत पदक जितेको छ।

पछिल्ला तीन एसियाडमा नेपालले एउटामात्र पदक जितेको छ। नेपालले सन् १९९४ पछि पहिलोपटक नयाँ खेलमा एसियाडमा पदक जितेको हो। यसअघि नेपालले बक्सिङ, तेक्वान्दो र कराँतेमा मात्र पदक जितेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.