Breaking News.... EverestOnlineKhabar
June 27, 2026

म्यानमारका राष्ट्रपतिद्वारा लुम्बिनीमा पूजाअर्चना र महत्वपूर्णस्थलको अवलोकन

Loading

लुम्बिनी । बिमष्टेक सम्मेलनका लागि नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्टले बुद्धको जन्मस्थल लुम्बिनीको अवलोकन गर्नुकासाथै मायादेवी मन्दिरमा पूजा अर्चना गरेका छन । उनी मायादेवीको मन्दिरमा पुजा गरेर म्यानमारको गुम्बा पुगेका थिए ।

बिहान ११ बजे भैरहवासम्म जहाजमा र त्यसपछि हेलिकप्टरमा उनी लुम्बिनी पुगेका हुन । म्यानमार बुद्धधर्माबलम्बीहरुको बाहुल्यता भएको मुलुक हो।

म्यानमारको गुम्बा भ्रमणपछि उनले पण्डितरा ध्यान केन्द्रमा ध्यान गरेका थिए । उनलाई लम्बिनीमा संस्कृति तथा पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.