![]()
एजेन्सी । क्यारेवियन प्रिमियर लिग (सीपीएल) को पाँचौ खेलमा नेपाली खेलाडी सन्दीप लामिछाने महँगा सावित भए। पाँचौ खेलमा सन्दीपले कुनै विकेट लिन सकेनन्। ४ ओभर बलिङ गरेका सनदीपले ४३ रन खर्चे। सन्दीपले यसअघिका चार वटै खेलमा विकेट लिएका थिए।
यद्यपी सन्दीपको टोली सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्ले बार्बाडोस ट्रिडिनेन्ट्सलाई ६ विकेटले पराजित गर्यो। सीपीएलमा प्याट्रिओट्सको यो तेस्रो जित हो।
सन्दीपले पहिलो खेलमा गुएना अमेजन वारियर्स विरुद्ध २ तथा दोस्रो खेलमा ट्रिनिबागो नाइटराइडर्स विरुद्ध १ विकेट लिएका थिए। त्यसपछि जमैका तल्हवास र सेन्ट लुसिया स्टार विरुद्ध पनि सन्दीपले २-२ विकेट लिएका थिए। सीपीएलमा सन्दीपले ५ खेल खेल्दै ७ विकेट लिइसकेका छन्। सर्वाधिक विकेट लिनेमा सन्दीप चौथो स्थानमा छन्।


