Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

काठमाडौं।  प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महिला र बालबालिकामाथि हत्या, हिंसा, बलात्कारलगायतका घटना बढिरहँदा पनि राज्य निरिह देखिएको आरोप लगाएका छन ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा विशेष समय लिएर बोल्दै सभापति देउवाले अपराधीलाई जोगाउन राज्य नै सक्रिय भएपछि जनता कहाँ जाने भने सरकारलाई प्रश्न गरे ।  प्रमुख प्रतिपक्ष दलका नेता समेत रहेका देउवाले बलात्कारसहितका जघन्य अपराधबाट मुक्तिका लागि न्याय माग्न जाँदा राज्यले उल्टै गोली हानेर मार्ने काम गरेकोमा आक्रोश व्यक्त गरे । उनले सरकार निरंकुश बन्दै गएकोमा कडा शब्दमा निन्दा र भत्सर्ना पनि गरे।

कञ्चनपुरमा किशोरी निर्मला पन्तको हत्यारालाई पक्राउ गरी कार्वाही गर्न माग गर्दै भएको हिंसात्मक घटनामा प्रहरीले गोली चलाउँदा एक जना बालकको ज्यान गएको थियो। राज्य पक्षबाटै बालकको ज्यान लिने काम भएकोमा सभापति देउवाले रोष प्रकट गरे।

सभापति देउवाले न्यायको खोजीमा गएका पीडितलाई नै ज्यान लिने यो कस्तो कानुनी राज्य हो भनि प्रश्न पनि गरे। न्यायपालिकालाई कार्यपालिकाको लाचार छायाँ बनाउन खोजेको पनि सरकारमाथि सभापति देउवाको आरोप छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.