Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कञ्चनपुर प्रकरणमा नयाँ ट्वीष्ट : बबिता र रोशनी पक्राउ, पर्दा खुल्दै

Loading

कञ्चनपुर  । निर्मला पन्तको हत्याको बलात्कार र हत्याको अनुसन्धान गर्न  प्रहरीले  बबिता बम र आँचल भनिने रोशनी बमलाई पक्राउ गरेको छ । शनिबार भीमदत्त नगरपालिका वडानम्बर १८ स्थित आफ्नै घरबाट बम दिदी बहिनी पक्राउ परेका हन् ।

निर्मला पन्त सोही घरमा गृहकार्य गएका बेला वेपत्ता बनेकी थिइन् । सो घरमा उनी आफूसँग पढ्ने साथी १८ वर्षीया रोशनीलाई भेट्न गएपछि बेपत्ता बनेकी हुन् । यसअघि प्रहरीले उनीहरुलाई सुरक्षाका लागि कार्यालयमा राखे पनि हिरासतमा लिएको भने थिएन । दुई तले घरमा बबिता र रोशनी मात्रै बस्दै आएका थिए । उनीहरुका बुवाआमा दार्चुलामा बस्दथे । निर्मलाको हत्यापछि भने बाबुआमा सोही घरमा आएका छन् ।

निर्मला हराएको दिन साउन १० गते अपराह्न पाँच बजे निर्मलाकी आमाले सो घरमा पुगेर छोरीबारे खोजतलास गर्दा बबिताले उनी दुई बजे नै यहाँबाट हिँडेको र अम्बा दिएर पठाएको बताएकी थिइन् । तर, घरमा आइन त भन्दा बबिताले ‘पोइल गइहोला’ भन्ने जवाफ फर्काएकी थिइन् ।

हराएको अबेरसम्म प्रहरीले खोजतलाशमा कुनै चासो दिएको थिएन । भोलीपल्ट बिहान उखुबारी छेउमा निर्मलाको साइकल फेला परेपछि बबिताले ‘लास पनि त्यतै होला’ भनेको पीडित परिवारले बताउँदै आएको  छ । त्यो रहस्यमय घरबाट निर्मला हराएपछि पाइएका केही तथ्यहरु झनै रहस्यमय छन् । घटनास्थलमा निर्मलाका किताब कापी भेटिएका थिए । तर, किताब पानीले भिजेका थिएनन् । जबकि त्यहाँ रातभरि पानी परेको थियो । निर्मलालाई अम्बा दिएर पठाएको भनिए पनि त्यहाँ अम्बाको बोट काटिएको छ । घरभित्र पनि भर्खरै रंग पेन्टिङ गरिएको स्थानीयको भनाइ छ ।

दुवै दिदी बहिनीको पोलीग्राफ परीक्षण गर्ने प्रहरीले जनाएको छ । दुई जना मात्रै बस्दै आएको उक्त घरमा बम दिदी बहिनीलाई भेट्न एसपी डिल्लीराज विष्टका छोरा र मेयर सुरेन्द्र विष्टका भतिज प्रायजसो आइरहने गरेको स्थानीयबासीको भनाइ छ । प्रहरीले यही विषयमा बुझ्नका लागि उनीहरुलाई पक्राउ गरेको हो ।

बम दिदीबहिनीमात्रै बस्ने त्यो घर दुईतल्ले छ । उनीहरुको घर लगभग रित्तैजस्तो भए पनि भाडामा लगाइएको छैन । बबिता र रोशनीका बुबाआमा दार्चुलामा बस्ने गरेका थिए ।

प्रहरीले सुरुमा बबिता र उनकी बहिनी आँचल भनिने रोशनी बमलाई सुरुमा पक्राउ गरेको थिएन । तर, जब मानसिक सन्तुलन ठीक नभएका व्यक्तिलाई सार्वजनिक गरेपछि आन्दोलन चर्कियोसँगै बमको घरमा पनि आक्रमण हुन सक्छ भन्ने लागेर प्रहरीले उनीहरुलाई कार्यालयमा ल्याएर सुरक्षा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.