Breaking News.... EverestOnlineKhabar
June 28, 2026

कञ्चनपुर घटनाका दोषीमाथि कारबाही गर्न नेकपाको निर्देशन

Loading

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी( नेकपा)ले कंचनपुर घटनाका दोषीमाथि कारबाही गर्न निर्देशन गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवास बालुटारमा बसेको सो पार्टीको सचिवालयको आकस्मिक बैठकले यस्तो निर्देशन गरेको हो ।

महासचिव बिष्णु पौडेलले दिनुभएको जानकारी अनुसार शंकाको घेरामा रहेकालाई छानबिनको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ । यसरी छानबिनको दायरामा ल्याई दोषी ठहर भएकालाई कडा भन्दा कडा कारबाही गर्न सरकारलाई निर्देशन दिने सो बैठकले निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.