Breaking News.... EverestOnlineKhabar
June 28, 2026

फिफाद्वारा प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्षमाथि १२ महिनाको प्रतिबन्ध

Loading

एजेन्सी ।विश्व फुटबलको प्रशासकीय निकाय फिफाले प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्षमाथि १२ महिनाको प्रतिबन्ध लगाएको छ । फिफाले अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेस्सीको जर्सी तथा तस्बिर जलाउन समर्थकलाई सुझाव दिएका प्यालेस्टाइनी फुटबल एसोसिएसनका अध्यक्ष जिब्रिल राजिबमाथि १२ महिनाको प्रतिबन्ध लगाएको हो ।

जिब्रिलले घृणा तथा हिंसा भड्काउनका लागि उक्साएको फिफाले जनाएको छ । जिब्रिलले १५ हजार ८२६ पाउण्ड जरिवाना पनि तिर्नु पर्ने भएको छ । जिब्रिलले अर्जेन्टिना र इजरायलबिच हुने तय भएको मैत्रीपूर्ण खेलअघि मेस्सीको जर्सी तथा तस्बिर जलाउन भनेका थिए ।

खेल गएको जुनमा जेरुसेलममा हुने तय भएको थियो । तर विवाद बढ्दै गएपछि खेल रद्द गरिएको थियो । प्रतिबन्ध लागेका जिब्रिलले अबको १२ महिना कुनै पनि हैसियतमा फुटबल खेलमा सहभागिता जनाउन पाउने छैनन् ।

खेल रद्द भएपछि प्यालेस्टाइनी फुटबल एसोसिएसनले वक्तव्य जारी गरेर मेस्सी तथा अर्जेन्टिनाको टिमलाई धन्यवाद दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.