Breaking News.... EverestOnlineKhabar
June 28, 2026

एनसेल टावर आक्रमणको मुद्दामा नेकपाका प्रवक्ता प्रकाण्डलाई नुवाकोट लगियो

Loading

काठमाडौ,भदौ ।
पक्राउ पर्दै अदालतको आदेशमा छुट्दै गरेका नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लाई प्रहरीले एनसेल टावर आक्रमणको मुद्दामा नुवाकोट लगेको छ। सर्वोच्च अदालतको आदेशमा छुटेलगत्तै उनी बिहीबार पक्राउ परेका थिए । सर्वोच्चबाट निस्किएलगत्तै अर्को मुद्दामा पक्राउ गरी प्रहरीले काभ्रे लगेको थियो। त्यहाँबाट पनि बेलुका नै उनलाई नुवाकोट लगिएको छ।
भोजपुर, काभ्रे, नुवाकोटमा एनसेल टावरमा तोडफोड र आगजनी गरेको मुद्दा उनीमाथि छ। विप्लव नेतृत्वको नेकपाले केही समयअघि एनसेलका टावरमाथि शृंखलाबद्ध आक्रमण गरी क्षति पुर्‍याएको थियो। ७ करोडभन्दा बढी चन्दा उठाएको आरोपमा साउन २२ गते उनी काठमाडौंको चोभारबाट पक्राउ परेका थिए। लगत्तै उनका छोरा नरेन्द्रबहादुर विकले सर्वोच्चमा निवेदन दर्ता गरेपछि रिहा गर्न आदेश भएको थियो।
भदौ १ गते सर्वोच्च अदालत परिसरबाट दोस्रोपटक उनलाई गिरफ्तार गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.