Breaking News.... EverestOnlineKhabar
June 28, 2026

नेपाल आज दोस्रो अभ्यास ब्लुमफिल्डविरुद्ध खेल्दै

Loading

काठमाडौ,भदौ ।
एसिया कप छनोटको अभ्यास खेलका लागि श्रीलंका गएको नेपाली क्रिकेट टोलीले शुक्रबार आफ्नो दोस्रो अभ्यास खेल खेल्दैछ । श्रीलंकाको ब्लुमफिल्ड क्रिकेट क्लबसँग नेपालले आफ्नो दोस्रो अभ्यास खेल्न लागेको हो । नेपाल र ब्लुमफिल्डले उसकै घरेलु मैदानमा दोस्रो अभ्यास खेल खेल्नेछ ।
ब्लुमफिल्ड क्रिकेट क्लबमा श्रीलंका राष्ट्रिय क्रिकेट टिमका खेलाडी कुसुम रजिथा रहेका छन् । उनीसँगै अर्का अलराउण्डर युवा खेलाडीद्वय रमेश मेन्दिस र अनुक फर्नान्डो टिममा रहेका छन् । नेपालले बुधबार श्रीलंकामा खेलेको पहिलो खेलमा श्रीलंका नेपालले आर्मी क्रिकेट क्लबलाई ६७ रनले पराजित गरेको थियो । नेपाल र आर्मी क्लबबीचको खेलमा नेपालका लागि ब्याटिङतर्फ आरिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै उनले ८९ रन बनाएका थिए ।
त्यस्तै बलिङमा नेपालका बसन्त रेग्मी र सोमपाल कामीले समान ३—३ विकेट लिएका थिए । बुधबार भएको खेलमा नियमित कप्तान पारस खड्का मैदान उत्रिएका थिएनन् । मलेसियामा अगस्ट २९ देखि सेप्टेम्बर ६ सम्म चल्ने एसीसी एसिया कप क्रिकेट छनोट खेलको तयारीका लागि नेपाली टोली श्रीलंका गएको हो ।
एसिया कप छनोट खेलमा नेपासहित ओमान, सिंगापुर, युएई, हङकङ र मलेसिया रहेका छन् । एसिया कप छनोटमा छनोट हुने टिमले एसिया कपमा समूह ए मा रहेका भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.