Breaking News.... EverestOnlineKhabar
June 27, 2026

Loading

बीबीसी । तालिबानी समूहले अफगानिस्तानको राष्ट्रपति भवनमा रकेट आक्रमण गरेका छन्। अफगनिस्तानका राष्ट्रपति मोहमद असरफ घानीले मुस्लिमहरुको महान पर्व इद अल अदाहका क्रममा प्रत्यक्ष प्रशारण मार्फत सम्बोधन गरिरहँदा दुर्इ वटा रेकट आक्रमण भएको हो ।

पहिलो रकेट राष्ट्रपति भवनको नजिकै प्रहार गरिएको थियो। यस्तै, दोस्रो रकेट नाटो र अमेरिकी दूतावासको कम्पाउन्डमा प्रहार गरिएको थियो। उक्त आक्रमणमा कोही घाइते नभएको प्रहरीले जनाएको छ।

राष्ट्रपति घानीले सम्बोधन गरिरहेको प्रशारण भइरहँदा रकेटको आवाज सुनिएको थियो। आक्रमण पश्चात घानीले आफ्नो सम्बोधन बिचमै रोक्दै रकेट आक्रमणले आफूहरु कमजोर नहुने बताएका छन्। घानीले भने ‘यदि उनीहरुले रकेट प्रहार गरेर अफगानिस्तान झुक्ने सोचेका छन् भने, तिनीहरु गलत छन्।’

तालिबानले उक्त घटनाका सम्बन्धमा केही प्रतिक्रिया दिएको छैन। तर प्रहरीले भने आक्रमण तालिबानी समूहले गरेको दाबी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.