![]()
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम सांसद गगन थापाले संघीयताको असफलतासंगै प्रधानमन्त्री केपी ओली पनि असफल बन्दै गएको बताएका छन । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद थापाले झापा निवासी केपी ओलीलाई संघीयताबिरुद्ध बोल्ने अधिकार भएपनि प्रधानमन्त्रीका रुपमा त्यो छुट नभएको उल्लेख गरे । प्रधानमन्त्री ओलीले संघीयताप्रति देखाएको अरुचीका कारण व्यवस्था नै खतरामा पर्न थालेको टिप्पणी गरे । उनले भने, ‘संघीयता असफल भए, प्रधानमन्त्री पनि असफल हुन्छन । ’
थापाले प्रधानमन्त्री ओलीलाई प्रदेश सभा डुलेर उपदेश दिन छाड्न आग्रह पनि गरेका छन्। ‘प्रधानमन्त्रीजी प्रदेश सभा–प्रदेश सभा डुलेर उपदेश दिन छोड्नुस्। अन्तर्वार्तामा रमाइलो र रोइलो पनि छाड्नुस्,’सांसद थापाले भने,‘ प्रधानमन्त्रीजी गर्नु पर्ने काम गर्नुस्।’
सांसद थापाले प्राकृतिक स्रोत तथा वित्तिय आयोग गर्न गर्न माग गरेका छन्। संविधानले वित्त आयोग गठनको व्यस्था गरेपनि सरकारले नगरेको भन्दै प्रधानमन्त्री ओलीलाई तत्काल गठन गर्न माग गरे।


