![]()
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा नेपालको पहिलो नमुना बायोग्यास पाइपलाइनको उद्घाटन गर्नुभएको छ ।
तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो। उक्त ग्यास पहिलो चरणमा त्यहाँका ३५ घरमा जडान गरिएको छ।
ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ ।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ग्यास सिलिण्डर हटाउनु ठूलो कुरा नभएको बताउनुभयो । उहाँले भन्नुभयोे, ‘अब ३२ घरले काँधमा सिलिण्डरको डल्ला बोकेर हिड्नु पर्दैन । पाइपबाटै ग्यास आउँछ ।’
यस्तै परियोजना कास्की, स्याङ्जा लगायतका स्थानमा पनि काम भइरहेको बताउँदै प्रधानमन्त्री ओलीले यस्ता क्षेत्रमा लगानी गर्न उद्योगीहरुलाई आहृवान समेत गर्नुभयो ।
समारोहमा उर्जा मन्त्री बर्षमान पुन, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लगायत उपस्थित हुनुहुन्थ्यो ।


