Breaking News.... EverestOnlineKhabar
June 27, 2026

भेनेजुएला: आक्रमणहरू झेल्दै सीमा काट्नेहरूको लर्को

Loading

बीबीसी ।भेनेजुएलाले आर्थिक संकट पार लगाउन विभिन्न कदमहरू चाल्दै गर्दा सैयौँ भेनेजुएलालीहरू सीमा पार गर्दै छिमेकी ब्राजिल प्रवेश गर्ने क्रम बढेको छ। भेनेजुएलामा बढेको आर्थिक संकट छल्न ब्राजिल पस्ने आप्रवासीहरूको संख्या निकै बढेको ब्राजिलका अधिकारीहरूले बताएका छन्।

केहीदिनअघि सीमा क्षेत्रमा बनाइएका भेनेजुएलालीहरू बसेका अस्थायी शिविरहरूमा आक्रमण भएका थिए। तर त्यसले आप्रवासीलाई सीमा पार्न गर्न नरोकेको बताइएको छ। ब्राजिलको सेनाका प्रवक्ताका अनुसार आइतवार ८ सय जना भेनेजुएलाली आप्रवासीहरू होराइमा राज्य पुगेका थिए।

ब्राजिलको प्रान्तीय अधिकारीहरुले त्यहाँको उच्च उदालतसँग केही समयका लागि सीमानाका बन्द गर्न आदेश दिन अनुरोध गरेका छन्। तर ब्राजिलका सुरक्षा मन्त्री सर्जियो एचेगोएनलेले शरण लिन आफ्नो देश पस्ने मानिसहरूलाई सहयोग गर्नु कानुनी र मानवीय दायित्व भएको जवाफ दिएका छन्।

भेनेजुएलाले केहि समययता चरम आर्थिक संकट भोगिरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.