Breaking News.... EverestOnlineKhabar
June 27, 2026

हलिउड नायिक अर्जेन्टोमाथि १७ बर्षे ठिटोमाथि यौन दुर्व्यवहार गरेको आरोप

Loading

बीबीसी । यौन दुर्व्यवहार तथा लैङ्गिक विभेदविरुद्ध सञ्चालित मि टू अभियानकी अग्रणी व्यक्तित्वमाथि नै यौन दुर्व्यवहारको आरोप लागेको छ। गतवर्ष बरिष्ठ हलिवूड चलचित्र निर्माता हार्भी वाइन्स्टिनमाथि यौन दुर्व्यवहारको आरोप लगाउने अग्र पंक्तिमा इटालेली नायिका आजिया अर्जेन्टो पनि एक थिइन्।

 नायिका आजिया अर्जेन्टोले आफ्ना पूर्व सहकर्मीलाई ३ लाख ८० हजार अमेरिकी डलर तिरेकी थिइन्। पूर्व सहकर्मी जिम्मी बेनेटले क्यालिफोर्निया होटलको एक कोठामा आजिया अर्जेन्टोले आफूमाथि सन २०१३ मा यौन दुर्व्यवहार गरेको आरोप लगाएका थिए।

नायिका अर्जेन्टोका वकिलले आरोपबारे प्रतिक्रिया दिन अस्वीकार गरेका छन्। आरोपी जिम्मी बेनेट घटना हुँदा जम्मा १७ वर्षका थिए जबकी क्लालिफोर्नियामा आपसी सहमतिमा यौन सम्पर्क गर्न सकिने उमेर १८ तोकिएको छ। घटनाका बेला नायिका अर्जेन्टो ३७ वर्षकी हुनुपर्ने बताइएको छ।

न्यू योर्क टाइम्सको समाचारमा भनिएको छ, कानुनी पुर्जामा बेनेटले उक्त घटनापछि आफू आहत भएको र आफ्नो मानसिक स्वास्थ्य एवं काममा समस्या उत्पन्न भएको उल्लेख गरेका छन्। उनले सन २००४को एउटा सिनेमामा अर्जेन्टोको सानो छोराको भूमिका खेलेका थिए।

नायिका अर्जेन्टोका वकिलले बेनेटलाई सहयोग स्वरुप त्यो रकम उपलब्ध गराइएको र त्यसैका आधारमा नायिकालाई शिकार बनाइएको बताएका छन्। भ्यानिटी फेयरले प्रकाशित गरेको एक विज्ञप्तीमा बेनेटका वकिलले बेनेटले तत्काल प्रतिक्रिया नदिने “तर आगामी २४ घण्टा वा त्यो भन्दा बढि समय लिएर केही प्रतिक्रिया दिने” बताएका छन्।

हार्भी वाइन्स्टिनका वकिलले पछिल्लो घटनाक्रमले “आजिया अर्जेन्टोको आश्चर्यचकित बनाइदिने खालको पाखण्ड” उजागर भएको टिप्पणी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.