Breaking News.... EverestOnlineKhabar
August 16, 2026

बिमस्टेकका पाहुनाका लागि बुलेटप्रुफ गाडी भाडामा लिन दुई करोड रकम रकमान्तर

Loading

काठमाडौं ।  सरकारले बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (बिम्स्टेक) चौथो शिखर सम्मेलनको तयारीलाई तीव्र पारेको छ। बिम्स्टेकमा सहभागी हुन आउने सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखहरुको सुरक्षाका लागि अर्थ मन्त्रालयले बुलेटप्रुफ गाडी भाडामा लिनका लागि दुई करोड रकम रकमान्तर गरी गृह मन्त्रालयलाई उपलव्ध गराएको छ।

भदौ १४ र १५ गते काठमाडौंमा बिमस्टेकको चौथो शिखर सम्मेलन हुँदैछ। सम्मेलनमा भाग लिन भदौ ११ गतेदेखि पाहुनाहरू काठमाडौँ आउनेछन्।  सम्मेलन पूर्व भदौ १२ गते उच्च अधिकारी स्तरीय बैठक तथा १३ गते परराष्ट्रमन्त्री स्तरीय बैठक बस्ने छ। परराष्ट्रमन्त्री स्तरीय बैठकले सम्मेलनका एजेण्डाहरुलाई अन्तिम रुप दिने छ।

अर्थ मन्त्रालयले मन्त्रालय अन्तर्गतको भैपरी आउने साधारण प्रशासन तर्फको बजेटलाई रकमान्तर गरी गृहमन्त्रालयलाई उपलब्ध गराएको हो।

विम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन आउने सरकार प्रमुख र राष्ट्रप्रमुखसहितका भीभीआईपीको सुरक्षाका लागि बुलेटप्रुफसहितका सवारी साधन भाडामा लिनका लागि सो रकम रकमान्तर गरी प्रदान गरिएको हो।

सात सदस्य रहेको बिम्स्टेकको सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, म्यानमारकी राज्य परिषद्की प्रमुख आङसाङ सूची, थाइल्याण्डका प्रधानमन्त्री प्रयुक्त चान–ओचा नेपाल आउँदै छन्।
त्यस्तै सदस्य राष्ट्रका परराष्ट्र तथा विदेश मन्त्रीहरु, विदेश मन्त्रालयका उच्च अधिकारीहरुसमेत सम्मेलनमा सहभागी हुन नेपाल आउँदै छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.