![]()
एजेन्सी । एसियाली खेलकुद (एसियाड) अन्तर्गत तेक्वान्दोमा सोमबार प्रतिस्पर्धा गरेका ३ नेपाली खेलाडी पराजित भएका छन्। पुरुष ५८ केजीमा नेपालका सागर गुभाजु अन्तिम १६ को खेलमा भियतनामका भो क्वाइ हङ २५-२ ले पराजित भए।
महिला ५३ केजीमा निमा गुरुङ लेवनानकी खेलाडीसँग २३-१०ले पराजित भइन। महिलाकै ६७ केजी अन्तिम १६ को खेलमा संगिता बस्याल पनि पराजित भइन्। उनी फिलिपिन्सकी अर्पोन दर्लेने मइसँग २०-१७ले हारिन्।
योसँगैै नेपालले तेक्वान्दो ६ स्पर्धामा हारेको छ। यसअघि आइतबार नेपालले पुम्सेको ३ स्पर्धामा हार बेहोरेको थियो।
पौडीमा प्रतिस्पर्धा गरेका दुवै खेलाडी पराजित भए। सय मिटर फ्रिस्टाइलमा गौरिका सिंह र टिसा शाक्य हिट चरणबाटै बाहिरिए। गौरिका समग्रमा १८औं र टिशा समग्रमा २२औं स्थानमा रहे। गौरिकाले निर्धारित दूरी १ मिनेट o.८२ सेकेन्डमा पार गरेका थिइन्। यस्तै टिसाले १ मिनेट ३.९६ सेकेन्डमा निर्धारित दूरी पार गरिन्।


