Breaking News.... EverestOnlineKhabar
August 15, 2026

Loading

काभ्रे ।नेत्रबिक्रम चन्द नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई जिल्ला अदालत काभ्रेले पुन ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको छ ।

आइतबार दिएको म्याद सोमबार सकिएपछि प्रहरीले १५ दिन म्याद माग गरे पनि जिल्ला अदालत काभ्रेले ३ दिनको मात्रै म्याद दिएको हो । गत वैशाख १ गते जिल्लाको नमोबुद्ध नगरपालिका ६ मा रहेको ब्लुसाइन स्टोन क्रसर उद्योगमा विस्फोटक पदार्थले उद्योग पूर्ण रुपमा क्षति पुर्‍याइएको थियो । चारवटा टि्रपर, दुईवटा स्काभेटर र एउटा जेसीबी पूर्णरुपमा क्षतिग्रस्त बनाइएको थियो ।

 

त्यसै घटनामा संलग्न आरोपमा प्रहरीले नेकपा (विप्लव) का केन्द्रीय सदस्य मोहन कार्की र कृष्ण धमलालाई प्रहरीले यसअघि नै पक्राउ गरी मुद्दा चलाएको भए पनि प्रकाण्डलाई प्रहरीले फरार सुचीमा राखिएको थियो । उक्त क्रसर उद्योग कांग्रेस नेता कुन्साङ लामाको हो ।

चन्दा उठाएको आरोपमा काठमाडौंमा पक्राउ परेका प्रकाण्डलाई बन्दी प्रत्यक्षीकरण रिटकै सुनुवाई गर्दै गत शुक्रबार सर्वोच्चले रिहा गर्न आदेश दिएको थियो । तर त्यसै दिन प्रहरीले क्रसर उद्योगमा भएको विस्फोटको मुद्दामा पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.