Breaking News.... EverestOnlineKhabar
October 3, 2026

एशियाली खेलकुदमा तेक्वाण्डो र पौडीमा नेपाललाई निराशा

Loading

एजेन्सी । एसियाली खेलकुद  (एसियाड) अन्तर्गत तेक्वान्दोमा सोमबार प्रतिस्पर्धा गरेका ३ नेपाली खेलाडी पराजित भएका छन्। पुरुष ५८ केजीमा नेपालका सागर गुभाजु अन्तिम १६ को खेलमा भियतनामका भो क्वाइ हङ २५-२ ले पराजित भए।

महिला ५३ केजीमा निमा गुरुङ लेवनानकी खेलाडीसँग २३-१०ले पराजित भइन। महिलाकै ६७ केजी अन्तिम १६ को खेलमा संगिता बस्याल पनि पराजित भइन्। उनी फिलिपिन्सकी अर्पोन दर्लेने मइसँग २०-१७ले हारिन्।

योसँगैै नेपालले तेक्वान्दो ६ स्पर्धामा हारेको छ। यसअघि आइतबार नेपालले पुम्सेको ३ स्पर्धामा हार बेहोरेको थियो।

पौडीमा  प्रतिस्पर्धा गरेका दुवै खेलाडी पराजित भए। सय मिटर फ्रिस्टाइलमा गौरिका सिंह र टिसा शाक्य हिट चरणबाटै बाहिरिए। गौरिका समग्रमा १८औं र टिशा समग्रमा २२औं स्थानमा रहे। गौरिकाले निर्धारित दूरी १ मिनेट o.८२ सेकेन्डमा पार गरेका थिइन्। यस्तै टिसाले १ मिनेट ३.९६ सेकेन्डमा निर्धारित दूरी पार गरिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed