![]()
बीबीसी । टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ। मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ। यो अहिलेसम्मकै उच्च मूल्य हो।
पहिल्यैदेखि दबाबमा कारोबार भइरहेको भारतीय मुद्राको स्थिति मङ्गलबार बिहानदेखि नै खस्केको थियो। टर्कीको मुद्रा लीराको मूल्यमा भारी गिरावट आएसँगै उदीयमान अर्थतन्त्र भएका मुलुकहरुमा त्यसको नकारात्मक प्रभाव देखिएको छ।
गत हप्तादेखि नै टर्कीको झैं दक्षिण अफ्रिका, अर्जेन्टीना, मेक्सिको, ब्राजिल र रसियाको मुद्रा कमजोर हुँदै गएको छ। यी मुलुकहरु बिदेशी पूँजी, खासगरी डलरमा, ज्यादै निर्भर रहेका छन्।
भारतीय रुपैंयाको परिवत्र्य दर अमेरिकी डलरको तुलनामा सन् २०१८ मा कमजोर हुँदै गएको थियो। सन् २०१८ को प्रारम्भमा अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको परिवत्र्य दर ६३.६७ रुपैयाँ थियो।
भारतको सबैभन्दा ठूलो आयात नै खनिज तेल हो। भारतले कूल आवश्यकताको दुई तिहाई तेल आयात गर्दछ।


