Breaking News.... EverestOnlineKhabar
June 26, 2026

चीनको व्यापारमा कमी, अमेरिकाले दियो ‘व्यापार युद्ध’को संकेत

Loading

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ सामानमा अर्बौं डलरको कर लगाउने घोषणा गरेयता चीनको अमेरिकासँगको व्यापारमा जुलाई महिनामा सामान्य रुपमा कमी आएको छ।

दुवै मुलुकले व्यापारमा थप कडाइ गर्ने धारणा सार्वजनिक गरिरहेको अवस्थामा यस्तो विवरण सार्वजनिक भएको हो। विश्वका सर्वाधिक ठूला अर्थतन्त्र रहेका अमेरिका र चीनको व्यापारिक तनावले व्यापार युद्धकै रुप लिने र त्यसले विश्व व्यापारमा असर पार्ने अनुमान गरिएको छ।

जुलाईमा अमेरिकासँग चीनको व्यापार नाफा २८ अर्ब डलर भएको थियो, यो गत जुन महिनाको २८.९ अर्बभन्दा केही कमी हो। अमेरिकासँग चीनको व्यापार असन्तुलन नै ट्रम्पको सबैभन्दा ठूलो टाउको दुखाइको विषय हो।

ट्रम्पले चीनले छलकपटपूर्ण अभ्यास गरेको, अमेरिकी रोजगारी खोसेको र प्रविधि चोरी गरेको आरोप लगाउँदै आएका छन्।

चीनको विश्वव्यापी व्यापारमा पनि कमी आएको छ। आयात र निर्यात बढे पनि जुन महिनामा ४१.५ अर्ब डलर रहेकोमा जुलाईमा २८ अर्ब डलर भएको छ। चीनको अमेरिकासँगको व्यापार असन्तुलनमा कमी आए पनि ट्रम्पसँगको तनाव कम हुने देखिन्न। जुलाई ६ मा ह्वाइट हाउसले अमेरिका प्रवेश गर्ने ३४ अर्ब मूल्य बराबरका चिनियाँ उत्पादनमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेको छ।

अमेरिकी अधिकारीहरुका अनुसार, अगस्ट २३ बाट चीनबाट आयात गरिने १६ अर्ब डलर बराबरका सामानमा अतिरिक्त २५ प्रतिशत कर लगाइनेछ। ट्रम्प प्रशासनले कर वृद्धि गर्दै जाने अनुमान गरिएको अवस्थामा चीनले पनि प्रतिशोधपूर्ण करवृद्धि योजना अघि सारिरहेको छ। यसबाट पूर्ण व्यापार युद्ध हुने खतरा बढेको छ भने विश्व अर्थतन्त्रमै यसले गम्भीर असर पार्नेछ।

अमेरिकाले भविष्यमा थप २०० अर्ब डलरका चिनियाँ सामानमाथि कर लगाउने तयारी थालेको छ। अमेरिकी उद्योग र किसानहरु यो कदमबाट सर्वाधिक प्रभावमा परेका छन्। ट्रम्प प्रशासनले किसानहरुलाई परेको प्रभाव कम गर्न १२ अर्ब डलरको सहायता गर्ने घोषणा गरिसकेको छ।

अमेरिकासँगको कर युद्धका बाबजुद जुलाईमा चीनको विश्वव्यापी निर्यात प्रक्षेपण गरेभन्दा बढी १२.२ प्रतिशतले वृद्धि भएको छ र आयातमा पनि अनुमान गरेभन्दा केही बढी अर्थात् २७.३ प्रतिशत भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.