![]()
एजेन्सी । क्रिष्टियानो रोनाल्डोले युभेन्टसलाई अर्को स्तरमा लैजाने उनकै टिमका अर्का खेलाडी कोष्टाले बताएका छन । युभेन्टसका डुग्लस कोस्टाले रोनाल्डोको प्रशंसा गर्दै सिरी ए क्लबलाई अहिलेको भन्दा पनि माथिल्लो स्तरमा लैजाने क्षमता रोनाल्डोमा रहेको बताएका हुन ।
ब्राजिलियन कोस्टाका अनुसार रोनाल्डोले युभेन्टसलाई युरोपको च्याम्पियन बनाउने छन् । रोनाल्डो गएको महिना ११२ मिलियन युरोमा युरोपियन च्याम्पियन रियल मड्रिडबाट युभेन्टस आएका हुन् ।


