![]()
काठमाडौं । चाबहिल जोरपाटी साँखु सडकको अवस्थाबारे पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, भौतिक पूर्वाधारत तथा यातायात मन्त्री रघुबीर महाशेठ, प्रदेशसभाका सांसद रामेश्वर फुयाँल, ठेकेदारले संयुक्त रुपमा अनुगमन गरेका छन् ।
सडकमा हिड्नै नसक्ने गरी बिग्रेपछि त्यस क्षेत्रका सांसद समेत रहेका पूर्वप्रधानमन्त्री नेपालको सक्रियातामा बिहीबार बिहान सडकको अनुगन गरिएको हो ।
सडकमा भएको सुधारबारे स्थानीयको साथमा आफैं अनुमगनका आउने प्रतिबद्धता जनाएका नेपालले बिहीबार संयुक्त रुपमा सडकको अनुगन गरेका हुन् । अनुगमनको क्रममा भौतिक पूर्वाधार मन्त्री रघुवीर महाशेठले भदौ १२ गतेसम्म सबै खाल्डा पूरिसक्ने प्रतिबद्धता स्थानीय समक्ष जनाएका छन् ।
नेता नेपालले पनि छिटोभन्दा छिटो सडकको अवस्था सुर्धान निर्देशन दिँदै कुनै नीतिगत समस्या समाधानका लागि आफूले पहल गर्ने बताए ।


