![]()
काठमाडौं । गृहमन्त्री राबहादुर थापाले भक्तपुरमा भएको ‘इन्काउटर’बारे सरकारले छानबिन गर्ने जानकारी दिएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा गृहमन्त्री थापाले घटनाबारे सरकार आफैंले छानबिनग गर्ने बताएका हुन् ।
घटनाबारे सांसदहरुले गृहमन्त्री समक्ष जानकारी मागेपछि उनले छानबिन गरेर सत्यतथ्य सार्वजनिक गर्ने बताएका हुन् । सोमबार ११ बर्षीय निशान्त खड्काको अपहरणपछि हत्या गरी भाग्ने क्रममा गोपाल तामाङ र अजय तामाङको प्रहरी इनकाउण्टरमा मारिएपछि विभिन्न आशंका व्यक्त भइरहेका बेला गृहमन्त्री थापाले सरकार आफैंले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका हुन् ।
प्रहरीले घरबाटै निशस्त्र रुपमा पक्राउ गरेर तामाङद्धयलाई भक्तपुरको जंगलमा लगेर हत्या गरिएको भन्दै मानवअधिकारकर्मीले विरोध जनाइरहेका छन् । मृतकका परिवारले राज्यले गैरन्यायिक हत्या गरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् । उजुरीपछि आयोगले घटनाबारे छानबिन गर्ने बताएको छ ।


