Breaking News.... EverestOnlineKhabar
June 26, 2026

तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिलाई मरीनाबिचमै अन्त्येष्टि गर्न अदालतको अनुमति

Loading

बीबीसी । ठूलो विवाद र बहसपछि तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिलाई परिवार र पार्टीको मागअनुसार नै मरीना बिचमै समाधिस्थ गरिने भएको छ।

अन्य राजनीतिक हस्तीहरुसँगै मरिना बिचमै समाधिस्थ गर्ने परिवार र पार्टी डीएमकेको माग भएपनि तमिलनाडु सरकारले अस्विकार गरेपछि विवाद बढेको थियो । यही विषयमा मंगलबार राति मद्रास हाइकोर्टका मुख्य न्यायाधीशको घरमा सुनुवाई सुरु भएको थियो ।

अदालतले बुधवार फैसला सुनाउँदै मरीना बिचमै समाधिस्थ गर्ने स्विकृति दिएको हो । गत २८ जुलाईमा अस्पतालमा भर्ना गरिएका ९४ वर्षीय करुणानिधिको मंगलबार साँझ ६.१० मा निधन भएको हो।

तमिलनाडुको एआइडीएमके सरकारले मरीना बिचमा समाधिस्थ गर्ने अनुमति नदिएपछि विवाद चर्किएको हो । डीएमके सरकारको यो निर्णयविरुद्ध अदालत गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.