Breaking News.... EverestOnlineKhabar
June 26, 2026

रियल मेड्रिडद्वारा इटालियन क्लब रोमा २–१ ले पराजित

Loading

एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको रियल मड्रिडले अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत बुधबार बिहान भएको खेलमा जित निकालेको छ ।

अमेरिकाको न्युजर्सीमा भएको खेलमा युरोपियन च्याम्पियन रियल मड्रिडले इटालियन क्लब रोमालाई २–१ ले हराएको हो । रियल मड्रिडका लागि मार्को एसेन्सिओ र ग्यारेथ बेलले गोल गरे । यस्तै रोमाका लागि केविन स्ट्रोटम्यानले एक गोल फर्काए ।

रियल मड्रिडले सुरुको १५ मिनेट भित्रै २–० को अग्रता लिएको हो । मार्कोले दोस्रो तथा बेलले १५ औँ मिनेटमा गोल गरे । रोमाका लागि ८३ औँ मिनेटमा केविनले एक गोल फर्काएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.