![]()
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले ‘टी-टेन’ क्रिकेटलाई आधिकारिक मान्यता दिएको छ । योसँगै दोस्रो संस्करण २३ नोभेम्बरदेखि युएईको सारजाहमा आयोजना हुने छ ।
आईसीसीको मान्यतापछि नोभेम्बरमा हुने टी-टेन क्रिकेट प्रतियोगितामा ८ टिम सहभागी हुने पनि टुंगो लागेको छ । पहिलो संस्करणमा ६ वटा टिमले सहभागिता जनाएका थिए ।
आईसीसीका एक जना प्रवक्ताले भने ‘हामीले टी-टेन क्रिकेटलाई स्वीकृति दिएका छौँ, आयोजक युएई क्रिकेट बोर्डले सबै प्रक्रिया पूरा गरेकाले आईसीसीले सम्बन्धन दिएको हो ।’


