Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अन्तर्राष्ट्रिय शक्तिको आडमा कांग्रेस सरकारबिरुद्ध लागेको छ : प्रधानमन्त्री

Loading

काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी ओलीले सरकारलाई असफल बनाउन प्रमुख विपक्षी दल कांग्रेस अन्तर्राष्ट्रिय शक्तिको चंगुलमा फसेको आरोप लगाएका छन ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकमा व्रिफिङ गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय शक्तिको आडमा कांग्रेस सरकारबिरुद्ध उद्दण्ड ढंगले प्रस्तुत भइरहेको आरोप लगाएका हुन ।

‘कांग्रेस किन सरकारविरुद्ध यसरी लागिरहेको छ भने यसमा अन्तर्रा्ष्ट्रिय आयामहरुले पनि काम गरेका छन,’ओलीले बैठकमा भने।

प्रधानमन्त्री ओलीले चीन र भारत दुबै छिमेकीसँग सरकारको सम्बन्ध राम्रो भएपनि कांग्रेस कसरी हुन्छ सरकारलाई असफल बनाउने रणनीति अनुसार योजनाबद्ध रुपले लागि परेको दाबी गरे। उनले सरकारले समृद्धि र विकासका लागि अझै धेरै काम र मेहनत गर्नु जरुरी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.