Breaking News.... EverestOnlineKhabar
June 26, 2026

Loading

काठमाडौ,साउन ।
कांग्रेस सभापति शेरबहादुर देउवा उपचारको लागि आज सिंगापुर जाँदैछन् । आज दिउँसो साढे एक बजे कांग्रेस नेतृ एवं पत्नी आरजु राणासहित देउवा सिंगापुर जान लागेका हुन् ।
यस अघि नै सिंगापुर जाने तयारी भए पनि गोविन्द केसीको अनसन चलिरहेका कारण देउवाले भ्रमण स्थगित गरेका थिए ।
देउवाको सचिवालयले भनेको छः‘ पेटको समस्याको उपचार गराउन सभापति सिंगापुर जान लाग्नुभएको हो,उपचारका क्रममा कति समय सिंगापुर बस्ने भन्ने उता पुगेपछि मात्र टुंगो लाग्छ ।’
सिंगापुरस्थित माउन्ट एलिजावेथ हस्पिटलमा देउवाको उपचार हुने स्वकीय सचिव भानु देउवाले जानकारी दिएका छन् । यसअघि पनि देउवाले सोही अस्पतालमा उपचार गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.