Breaking News.... EverestOnlineKhabar
June 26, 2026

टोरिनोसंगको मैत्रीपूर्ण खेलमा लिभरपुलको जित

Loading

एजेन्सी,साउन ।
मैत्रीपूर्ण खेलमा इंग्लिस क्लब लिभरपुलले जित हात पारेको छ । इटालियन क्लब टोरिनोलाई लिभरपुलले ३–१ गोलले पराजित गरेको हो । एनफिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्हो, जर्जिनियो विज्नाल्डम र ड्यानियल स्टुरेजले समान एक एक गोल गरे । टोरिनोका आन्द्रे बेलोट्टीले एक गोल गरेका थिए ।
खेलको २१ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको २४औं मिनेटमा विज्नाल्डमले गोल गर्दै लिभरपुललाई दोब्बर अग्रतामा पु¥याएका थिए । त्यस्तै, खेलको ३१औं मिनेटमा बेलोट्टीले गोल गर्दै टोरिनोलाई २–१ गोलको स्थितिमा पु¥याएका थिए । पहिलो हाफमा २–१ गोलले अघि रहेको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्दा टोरिनोले गोल फर्काउन असफल भयो । खेलको ८७ औं मिनेटमा स्टुरेजले गोल गरेपछि लिभरपुल ३–१ गोलले विजयी भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.