Breaking News.... EverestOnlineKhabar
June 26, 2026

अन्तर्राष्ट्रिय जुडोमा स्वर्ण जित्ने खेलाडीलाई सम्मान

Loading

एजेन्सी । थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक युनिभर्सिटी थाइल्यान्ड जुडो च्याम्पियनसिपका पदक विजेतासहितको नेपाली टोलीलाई  नेपाल जुडो संघले स्वागत गरेको छ। अगष्ट ४ र ५ तारिखमा भएको प्रतियोगितामा नेपालले २ स्वर्ण, १ रजत र १ कांस्य पदक जितेको थियो।

प्रतियोगितामा नेपाल समग्रमा तेश्रो भयो। आयोजक थाइल्यान्ड ७ स्वर्णसाथ टिम च्याम्पियन बन्यो भने जापान २ स्वर्ण र ३ रजतसाथ तेश्रो स्थानमा रह्यो। प्रतियोगितामा १४ राष्ट्रका १ सय पुरुष र ६९ महिला खेलाडीले १६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।

टोलीलाई जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्य, महासचिव धर्मकुमार श्रेष्ठ, कोषाध्यक्ष विपिन श्रेष्ठलगायतका पदाधिकारी, खेलाडी, प्रशिक्षकले स्वागत गरेका थिए। पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ र महिला ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधानले नेपाललाई स्वर्ण दिलाएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.